Курс доступен
कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल व्यवस्थापन कोर्स सिरिज अन्तर्गत रहेको यो कोर्सले मन्द, मध्यम र गम्भीर कोभिड-१९ भएका बिरामीहरूको उपचारमा रहेका व्यवस्थापन रणनीतिहरूको मुख्य कुराहरूको झलक प्रदान गर्दछ। जाँच तथा निदानका विधिहरूलाई कोभिड-१९ मा प्रयोगशाला परीक्षण सम्बन्धी ध्यान दिनुपर्ने कुराहरू (laboratory consideration) र कोभिड-१९ मा इमेजिङसँग सम्बन्धित ३ वटा मोड्युलहरूमा चर्चा गरिएको छ। अक्सिजन चलाउने सम्बन्धी कुरालाई नाकबाट लगाइने क्यानुला र फेस मास्कको माध्यमबाट दिइने अक्सिजन थेरापीसँग सम्बन्धित कुरासँगै ध्यान दिइएको छ। व्यवस्थापनको कुरालाई तीनवटा मोड्युल अर्थात् मन्द तथा मध्यम कोभिड-१९ को व्यवस्थापन, गम्भीर कोभिड-१९ को व्यवस्थापन र कोभिड-१९ मा सहसंक्रमण तथा एन्टिमाइक्रोबायलको प्रयोगमा सम्बोधन गरिएका छन्। कोभिड-१९ को लागि थेराप्युटिक र प्रोफिलेक्टिक्सलाई समेटिएको छुट्टै कोर्स पनि रहेको छ, जसले यो कोर्सको पूरकको रूपमा कार्य गर्दछ।
यी सामग्रीहरू 24/06/2021 मा सुरू गरिएको थियो। कोभिड-१९ सम्बन्धी वैज्ञानिक प्रमाण र प्राविधिक निर्देशनहरू निरन्तर विकसित भइरहेकाले यस पाठ्यक्रमका सामग्रीहरू पुरानो भइसकेका छन्। यो पाठ्यक्रम परिमार्जन भइरहेको छ। यस बीचमा, नवीनतम अपडेटहरूको लागि कृपया https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019 लाई सन्दर्भ गर्नुहोस्।
फोटो क्रेडिट: WHO/ Asad Zaidi
यो कोर्स मा पनि उपलब्ध छ
English - हिन्दी, हिंदी -Tiếng Việt - मैथिली - Русский - Казақ тілі
सिंहावलोकन : कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल व्यवस्थापन सिरिजलाई कोभिड-१९ महामारीको समयमा कार्य गर्ने स्वास्थ्यकर्मीहरूको लागि विकास गरिएको हो।यस कोर्सले बिरामीहरूको सुरक्षित, प्रभावकारी र गुणस्तरीय उपचार प्रदान गर्नको लागि आवश्यक महत्वपूर्ण ज्ञान प्रदान गर्दछ। पावरप्वाइन्ट प्रस्तुतिहरूले क्लिनिकल व्यवस्थापनका सबै पक्षहरूको सम्बोधन गर्दछ, यसमा फेसिलिटी तयारी र बिरामीको चाप व्यवस्थापन योजना (surge planning), स्वास्थ्यकर्मीमा हुनसक्ने संक्रमणको रोकथाम तथा नियन्त्रण, स्वास्थ्य संस्थाहरूबीचको स्थानान्तरण, कोभिड-१९ भएका मन्द, मध्यम र गम्भीर बिरामीहरूको क्लिनिकल व्यवस्थापन, कोभिड-१९ भएका ज्येष्ठ नागरिक, गर्भवती र बालबालिका बिरामीहरू, पुनर्स्थापन, र नैतिकता तथा प्रशामक (palliative) उपचार पर्दछन्। यो कोर्स सिरिजले भिडियो लेक्चरहरू र डाउनलोड गर्न मिल्ने पावरप्वाइन्ट प्रस्तुतिहरूको प्रयोग गर्दछ, जसलाई पछिल्ला मार्गदर्शन र प्रमाणहरूसँगै अद्यावधिक गरिएका छन्। प्रत्येक मोड्युलमा ५ देखि ८ वटासम्म लेक्चरहरू छन् र प्रत्येक लेक्चरमा ज्ञान कति प्राप्ति भयो भन्ने मूल्यांकन गर्न क्विज/प्रश्नोत्तर राखिएका छन्।
कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल व्यवस्थापनका अन्य पक्षहरूको बारेमा सिकाइ हासिल गर्न तपाईं इच्छुक हुनुहुन्छ भने कृपया यो कोर्स सिरिजमा रहेका बाँकी मोड्युलहरू हेर्नुहोस्।
सिकाइ उद्देश्यहरू :
यो कोर्सको अन्त्यमा सहभागीहरू निम्न कुरामा सक्षम भएका हुनेछन् :
कोर्सको समयावधि : यो कोर्स पूरा गर्न करिब ३ घण्टा लाग्नेछ।
प्रमाण-पत्र : सबै क्वीजहरूमा उपलब्ध कूल अंकको कम्तीमा ८० प्रतिशत अंक ल्याउने सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, यो कोर्स सामग्रीहरूको कम्तीमा ८० प्रतिशत भाग पूरा गर्ने सहभागीहरूको लागि पनि सहभागिताको प्रमाणपत्र उपलब्ध छ। उपलब्धि को एक रेकर्ड प्राप्त गर्ने सहभागीहरु यो कोर्स को लागी एक खुला ब्याज डाउनलोड गर्न सक्छन्। क्लिक गर्नुहोस् यहाँ कसरी जान्न को लागी।
नेपाली बाट 2021, Clinical management of patients with COVID-19: Investigations and care for mild, moderate and severe disease मा अनुवाद गरिएको। यस अनुवादको विषयवस्तु वा शुद्धताको लागि विश्व स्वास्थ्य सङ्गठन जिम्मेवार छैन। यदि अंग्रेजी र नेपाली अनुवादको बीचमा कुनै बेमेल देखा परेमा, मूल अंग्रेजी संस्करण बाध्यकारी र शुद्ध संस्करण हुनेछ।